सदरलाइनडटकम,
दाङ : मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९८ नम्बरको मोटरसाईकल आइतवार राति दुर्घटना हुँदा बबई गाउँपालिका वडा नं. ६ का ३७ बर्षीय चालक खिमबहादुर वलीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडामा दुर्घटना हँदा सोही ठाउँका १८ बर्षीय कमल योगी गम्भीर घाइते भएका छन् । वलीले चलाएको उक्त मोटरसाईकलले पैदलयात्री योगीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका दुबै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएपनि वलीको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
