थारु समुदायका महिलाले गरे जन्माष्टमी व्रत समापन

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १५:११
 

दाङ : कृष्ण जन्माष्टमीका दिन व्रत बसेका थारु समुदायका महिलाहरुले शनिवार स्थानीय खोलामा जम्मा भइ पूजापाठ गरी व्रतको विधिपूर्वक समापन गरेका छन् ।

दाङसहित पश्चिम तराईका थारु समुदायले हर्ष उल्लासका साथ खोलामा गएर पूजा सामाग्री बगाउने र बगाइएको फलफूल युवाहरुले समात्ने र प्रसादका रुपमा खाने चलन छ । कृष्ण जन्माष्टमी पर्वमा विशेष गरि थारु महिलाहरु दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर रमाइलो गर्दछन् । थारु समुदायले गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् । जुन चित्र नेपाली चित्रकलाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।


कृष्ण जन्माष्टमीका दिन नुहाएर कृष्ण, पाण्डवसहित प्रकृतिमा रहेका विभिन्न जीवको चित्र महतवाको घरको भित्तामा बनाउँछन् । साँझ गाँउका सबै त्यही घरमा जम्मा भइ चित्रमा पूजा गर्ने चलन छ । यो चित्रले थारुहरुको सम्बन्ध कृष्ण र पाण्डवसँग रहेको देखाउने गरेको थारु अगुवाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेमसंघको रक्तदान कार्यक्रममा ४२ जनाद्वारा रक्तदान

४ भाद्र २०७९, शनिबार १५:११
नेपालगञ्ज : हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा शनिवार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक […]

सम्बन्धित