अनेमसंघको रक्तदान कार्यक्रममा ४२ जनाद्वारा रक्तदान

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १६:१९
 

नेपालगञ्ज : हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा शनिवार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुनसहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले जानकारी दिइन् ।

संघको अध्यक्ष मिना डाँगीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ कि केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु रहेका थिए ।


सहभागिहरुले जिल्लामा रहेको ब्लड बैकलाई अझै ब्यवस्थित बनाउन, संकलन भएको रगत खेर जान नदिन तथा जिल्लामा रगत अभाव हुन नदिन जिल्लामा भएको रगतलाई जिल्लाकै ब्लड बैकमा जम्मा गर्न अनुरोध गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अनेमसंघ क्रान्तिकारी कि केन्द्रीय सदस्य अन्जना थारु, माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, जिल्ला संयोजक डम्मर बिक तुफान, प्रदेश सदस्य नबिन शर्मा र महिला नगर इन्चार्ज मन्दिरा पाण्डे लगायतको सहभागिता रहेको सचिव इश्वरी रावतले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छतबाट खसेर बाँकेमा एकजनाको मृत्यु

४ भाद्र २०७९, शनिबार १६:१९
नेपालगञ्ज : घरको छतबाट खसेर बाँकेमा एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. ३ मोतिपुरका २० बर्षीय रामसुरत राढको छतबाट खसेर मृत्यु भएको हो । आइतवार विहान आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका राढको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।