पाँचहजार ट्याब्लेट ट्रामाडोलसहित तीन भारतीय नागरिक प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १८ फाल्गुन २०८१, आईतवार १७:१५
 

नेपालगञ्ज :  बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले नेपालगञ्जको जयसपुर नजिकैबाट पाँचहजार ट्याब्लेट ट्रामाडोलसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जानकारी दिए ।


प्रहरीका अनुसार नेपालगञ्ज–१६ भन्सार चोक नजिकै ईप्रका जयसपुरबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल आउदै गरेको युपी ४० आर ७१४५ नंबरको मोटरसाईकलमा सवार रहेका व्यक्तिका साथबाट सो बरामद भएको हो ।

प्रहरीलाई उनीहरुको गतिबिधि प्रति शंका लागेर खोजतलास गर्दा नेपालगञ्ज–१६ जयसपुरका २४ वर्षिय नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगञ्ज–१० ट्राफिक चोक बस्ने वर्ष ३८ को जियाउल शेष र भारत जगोरका हाल ट्राफिक चोक बस्ने १८ वर्षिय सद्दाम शैयदका साथबाट सो प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट बरामद भएको हो । सो मोटरसाईकल नफिसले चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इस्लाम धर्मावलम्बीको रमजान आजदेखि शुरु

१८ फाल्गुन २०८१, आईतवार १७:१५
  नेपालगञ्ज :  ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज अर्थात आइतबारबाट शुरु भएको छ । नेपालगञ्ज लगायतका देसभरका मुस्लिम समुदायले मंगलबार विहानदेखि पहिलो रोजा बसेर रमदान शुरु गरेका छन् । र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो । रमजानमा मुस्लिम समुदायले ‘सावान’  महिनाको २९ तारिकमा चन्द्रमा हेरेर तरावी सुरु […]

सम्बन्धित