जयन्तीका अवसरमा पृथ्बी नारायणको शालिक अनावरण

सदरलाइन संवाददाता २७ पुष २०७८, मंगलवार १२:४६
 

नेपालगञ्ज : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै मंगलवार पृथ्वी जयन्ती मनाइँदै छ । ३०० औं पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिंदैछ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मेका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।


बर्दियाको गुलरियामा निर्माण गरिएको पृथ्वी नारायण शाहको पूर्ण कदको पित्तलको शालिकको मंगलवार अनावरण गरिएको छ । प्रदेश नम्वर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिरले शालिकको अनावरण गरेको शालिक निर्माण समितिका सचिव कमलराज पौडेलले बताए ।

बर्दिया क्षेत्र नम्वर १ का संघीय सांसद संजयकुमार गौतमको पूर्वाधार विकास कोष मार्फत शालिक निर्माणका लागि १० लाख रकमबाट शालिक निर्माण गरिएको पौडेलले बताए । पृथ्वीजयन्तीको अवसरमा नेपालगञ्जको वीरेन्द्र चोकमा पनि कार्यक्रम गरिएको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका–४ ले मंगलवार सार्वजनिक विदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका जेष्ठ नागरिकलाई कम्बल वितरण शुरु

२७ पुष २०७८, मंगलवार १२:४६
डुडुवा (बाँके) : चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) […]

सम्बन्धित