बर्दियामा लागूऔषधसहित युवक पक्राउ

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १४:१६
 

बर्दिया : इलाका प्रहरी कार्यालय, मथुराहरीद्वारबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका—९ खालीपुरुवाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याउन लागेको लागूऔषधसहित उनलाई सीमावर्ती गाउँमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय शहाबुद्दिन शेषलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा लागूऔषध ब्राउन सुगरजस्तो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।


उनको साथबाट १ ग्राम ६ सय ९० मिलिग्राम लागूऔषध फेला परेको उनले जनाए । माघ २९ गते शेषलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी सोमबार सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्कोद्वारा लैंगिक समानता सम्बन्धि कार्यशाला सम्पन्न

१ फाल्गुन २०७९, सोमबार १४:१६
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो । क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि […]

सम्बन्धित