सीमा विवाद वार्ताबाट टुंग्याउन प्रचण्डको सुझाव

१९ मंसिर २०७६, बिहीबार १७:४८
 

सदरलाइनडटकम,
कैलाली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्न प्रयास गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालले बिहीवार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पाईंदैन भनेर आफुले नभनेको स्वीकार गरे ।
प्रचण्डले शुरुमै अन्तर्राष्ट्रियकरण गर्दा समस्या झन् जटिल बन्ने विचार व्यक्त गरे । सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसारनै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै उनले त्यसको जवाफ भने आइनसकेको बताए । पत्रकारको जिज्ञासामा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरको स्पष्ट पारे । पूर्वप्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार तथा पार्टीले लिएको दाबी गरे ।

Next Post

डुडुवाले मनायो महिला स्वास्थ्य स्वयंसेविका दिवस

१९ मंसिर २०७६, बिहीबार १७:४८
सदरलाइनडटकम, डुडुवा (बाँके) : १६औ महिला स्वास्थ्य स्वयंसेविका दिवस बिहीवार बाँकेको डुडुवा गाउँपालिकामा मनाइएको छ । गाउँपालिकास्तीरय आयोजित कार्यक्रममा समुदायस्तरमा स्वयंसेवी मानवीयताको भावनाले काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको काम र जिम्मेवारी निकै महत्वपुर्ण भएको सहभागिहरुले बताएका थिए । स्वास्थ्य स्वयंसेविकाहरुले दिनरात समुदायस्तरमा स्वास्थ्यका क्षेत्रमा खटिएर काम गरिरहेका छन् । गाउँपालिकाले […]