इस्लाम धर्मावलम्बीको रमजान आजदेखि शुरु

सदरलाइन संवाददाता १८ फाल्गुन २०८१, आईतवार १७:४४
 

 

नेपालगञ्ज :  ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज अर्थात आइतबारबाट शुरु भएको छ । नेपालगञ्ज लगायतका देसभरका मुस्लिम समुदायले मंगलबार विहानदेखि पहिलो रोजा बसेर रमदान शुरु गरेका छन् । र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो ।

रमजानमा मुस्लिम समुदायले ‘सावान’  महिनाको २९ तारिकमा चन्द्रमा हेरेर तरावी सुरु गर्ने चन्द्रमा नदेखिए पछि ३० तारिक नै तरावीको नमाज पढेर आइतबार बिहानदेखि रोजा सुरु भएको मैलाना जियाउ मुस्तफा नूरानीले जानकारी दिए ।

रमजान महिनामा एक महिनासम्म अनिबार्यरुपले ‘रोजा’ अर्थात ब्रत बसेर पबित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन छ यसलाई कुरानको ‘तरावी’ भनिन्छ ।


विहानको खाना ‘सेरी’ खाएपछि दिनभर निराहर ब्रत बस्ने चलनलाई रोजा बस्ने भनिन्छ । रोजा साँझ निश्चित समय पुरा भएपछि ब्रत तोडिने गरिन्छ जसलाई ‘रोजाअफ्तार’ भनिन्छ ।

रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र विरामीलाई रोजा अनिवार्य छैन । अन्य हरेक मुस्लिम समुदाएका सदस्यहरुले रोजा बस्नै पर्ने प्रचलन रहेको स्थानीय मुस्लिम अगुवा जाकिर हुसेन हल्वाईले बताउछन् ।

साझँ सुर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफ्तयार गर्ने र रामजानका अबसरका नमाज पढनुका साथै गरिव गुरुवालाई आफ्नो सम्पत्तिको केही हिस्सा दान गर्ने भएकोले पनि रमजानको महिनालाई दान धर्मको महिनाको रुपमा पनि मुस्लिम समुदायले लिने गरेको मौलाना नुरानीले जानकारी दिए ।

एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय ईदगाहमा पुगेर सामुहिक नमाज पढेर ईद मनाउने चलन रहेको छ । रमजान पर्बको अबधिभर मुस्लिम समुदायमा झुृटो नबोल्ने, झै झगडा नगर्ने बिश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राईनो फुटबल क्लबलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड विजयी

१८ फाल्गुन २०८१, आईतवार १७:४४
नेपालगञ्ज :  बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राईनो फुटबल क्लब,गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्रविगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबले सहज जित हासिल […]