राईनो फुटबल क्लबलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड विजयी

सदरलाइन संवाददाता १९ फाल्गुन २०८१, सोमबार १९:५४
 

नेपालगञ्ज :  बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राईनो फुटबल क्लब,गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ ।

प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्रविगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबले सहज जित हासिल गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा प्लानिङ व्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गरेर सहज जित दिलाए ।

खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब,सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए ।


क्वाटर फाइनल समीकरण सकिएसँगै बुधबारदेखि सेमी फाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए । प्रतियोगिता मर्यादित रुपमा भइरहेको र दैनिक दर्शकहरुको समेत उपस्थिति उल्लेख रहेको उनको भनाइ छ ।

सोमबार गोल्डकपको तेस्रो क्वाटर फाइलन खेल जित्दै प्लानिङ व्वाईज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो ।

२–० गोल अन्तरले पराजित भएको राईनो फुटबल क्लब,गण्डकी, भारतको साहारा फुटबल क्लब र लुम्बिनी फुटबल क्लब घोराही,दाङ प्रतियोगिताबाट बाहिरिएका छन् ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज १८ द्वारा एक सताभित्रै दुईवटा अस्फाल्ट कालोपत्रे सडक शिलन्यास

१९ फाल्गुन २०८१, सोमबार १९:५४
नेपालगञ्ज :  नेपालगञ्ज १८ द्वारा एक सताभित्रै दुईवटा अस्फाल्ट कालोपत्रे सडक शिलन्यास गरी विकास निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालगञ्ज वडानं १८ मा पर्नेे बर्दिया बाईपास अन्तरगत बिशालचौकदेखि बनियागाँउ सडकखण्ड अन्तरगत करिब २ सय मिटर अस्फाल्ट कालोपत्रे सडक निर्माणको लागि शिलन्यास गरिएको हो । नेपालगञ्ज–१८ का वडा अध्यक्ष दिपक […]