मेयरलाई वडा अध्यक्षले हराए

७ चैत्र २०७४, बुधबार २०:१०
 

सदरलाइनडटकम
७ चैत, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकाद्वारा आयोजित जनप्रतिनिधी र कर्मचारीबीचको ब्याडमिण्टन प्रतियोगितामा वडा अध्यक्षले मेयरलाई हराउदै उपाधि हातपारेका छन ।
जनप्रतिनीधी र कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगितामा बुधबार नगर प्रमुख डा. धवल शम्शेर राणालाई हराउँदै वडा नं. १ का अध्यक्ष प्रमोद रिजाले हराउदै प्रथम भएका हुन् ।
गत ४ दिनदेखि जारी मैत्रीपुर्ण आन्तरिक ब्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको हो । नकआउट आधारमा मेन सिंगल र डबल्समा खेलाइएको प्रतियोगितामा सिंगल्समा वडा न १ का अध्यक्ष रिजाल प्रथम भएका हुन । प्रतियोगिताका संयोजक समेत रहेका उनले उप–महानगरका नगर प्रमुख डा राणालाई पराजित गर्दै प्रथम भएका हुन ।
रिजालले राणालाई १५–९, १५–५ को सेटमा हराएपछि नगर प्रमुख राणाले उपविजेता मै चित्त बुझाउनु परेको हो । यस्तै मेन्स डवल्समा जनप्रतिनीधी टोलीलाई हराउँदै उप–महानगरको कर्मचारी टोली विजयी भएको छ । उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र लेखापाल बालानन्द शर्माको जोडीले वडा न १ का अध्यक्ष रिजाल र वडा न १८ का अध्यक्ष दिपक बर्मालाई २१–१७, २१–१३ को सेटमा हराएका हुन ।
यस्तै मेन्स डवल्समा वडा न ११ का अध्यक्ष उज्वलसिंह राठौर र उप–महानगरका बातावरण इन्जिीनियर प्रकाश डीसीले तृतीय स्थानप्राप्त गरे । सिंगल प्रथमलाई १० हजार, द्वितियलाई ८ हजार, डवल्स प्रथमलाई पनि १० हजार, द्वितियलाई ८ हजार र तृतियलाई ३ हजार नगद, व्याडमिन्टन र र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र उप–महानगरका नगर प्रमुख राणाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी केसीले मैत्रीपूर्ण प्रतियोगिताले आत्मियता प्रगाढ बनाउनुका साथै शारिरिक मानशिक स्वस्थता प्रदान गर्ने विश्वास व्यक्त गरे । जनप्रतिनिधी र कर्मचारीबीच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै सहकार्यको बातावरण सिर्जना गर्र्ने उद्येश्यले आयोजित प्रतियोगितामा नगरका वडा अध्यक्ष, वडा सदस्य, उपमहानगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायत कर्मचारी गरि ५० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगिता रेफ्रि तेजबहादुर साउदको नेतृत्वको टोलीले विहान र साँझ गरि खेलाएको थियो । यस्तै हिजो खेल हेर्न गएका मनोज रिजालको हराएको १४ हजार रुपैया पनि फेला परेको छ । रेफ्रि साउदले व्लुवुक, लाइस्ेन्स सहितको फेला पारेको नगद फिर्ता गरेका थिए ।


 

Next Post

पूर्व प्रधानमन्त्री स्व सुशील कोईरालाका कान्छा भाई विजय कोईरालाको निधन

७ चैत्र २०७४, बुधबार २०:१०
सदरलाइनडटकम   ९ चैत, नेपालगन्ज : नेपालगन्ज कोर्इराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशील कोर्इरालाका कान्छा भाई विजय कोर्इरालाको बिहीबार विहान निधन भएको छ । नेपालगञ्ज– १० निवासी ७४ वर्षिय केइरालाको विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको परिवारिक निकट स्रोतले जनाएको […]