‘रामप्यारी–रामआधार शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना

२३ असार २०७३, बिहीबार १०:२४
 

सदरलाइनडटकम
२३ असार नेपालगन्ज :  नेपाल पत्रकार महासंघ बाँके शाखाले ‘रामप्यारी–रामआधार शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–७, फुल्टेक्राका समाजसेवी माधवराम बर्माले आफ्नो आमा रामप्यारी बर्मा र बुवा रामआधार बर्माको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष प्रदान गरेपछि महासंघले ‘रामप्यारी–रामआधार’ शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको हो ।
महासंघको कार्यालयमा मंगलबार आयोजित पुरस्कार घोषणा कार्यक्रममा समाजसेवी बर्माले महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीलाई अक्षय कोषका लागि सो रकम उपलब्ध गराएका थिए ।IMG_0103
पुरस्कार घोषणा कार्यक्रममा दाता बर्माकातर्फबाट महासंघका केन्द्रीय पार्षद पूर्णलाल चुकेले शिक्षा पत्रकारिता पुरस्कार घोषणा गर्नुको कारण र बर्मा परिवारले समाजसेवा र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
रामप्यारी बर्मा र रामआधार बर्माले नेपालगन्ज उपमहानगरपालिका–२४, भुजईगाउँस्थित पाटेश्वरी राष्ट्रिय प्राविलाई ६० लाख बराबरको जमिन र २ कोठे भवन प्रदान गरेका छन् ।
यसैगरी नेपाल क्षयरोग निबारण संस्थालाई नेपालगन्ज बसपार्क नजिक २ कट्ठा जमिन प्रदान गरेका छन् ।
पुरस्कार घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरैले रामप्यारी–रामआधार शिक्षा पत्रकारिता पुरस्कारले बाँकेका पत्रकारलाई शिक्षा क्षेत्रमा कलम चलाउन हौसला मिल्ने बताए ।
सो पुरस्कार हरेक वर्ष शिक्षा दिवसका दिन प्रदान गरिने नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा क्षेत्रमा उल्लेख्य कलम चलाउने एक जना पत्रकारलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिए ।
महासंघ बाँकेले यसअघि क्रियाशील पत्रकारिता पुरस्कार, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार, लियाकत अली क्रियाशील पत्रकारित पुस्कार स्थापना गरिसकेको छ । समाजसेवी डा. कौशल कुमार बर्माले आफ्ना आमाहरुको नाममा यसअघि नै शिक्षा पत्रकारिता पुुरस्कार स्थापना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करिव ३ लाखको सुनचाँदीसहित बर्मा प्रहरी नियन्त्रणमा

२३ असार २०७३, बिहीबार १०:२४
सदरलाइनडटकम २३ असार, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ का ५१ वर्षिय रामसेवक बर्मालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । ईप्रका कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बुधबार बिहान कोहलपुर–१२ रोहिणी खोलाबाट बर्मालाई १ किलो ६ सय ५० ग्राम चाँदी र […]

सम्बन्धित