तीन महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

सदरलाइन संवाददाता २५ श्रावण २०७९, बुधबार १५:१४
 

दाङ : दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।

साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।

अदालतको आदेशको सम्मान गर्दै उपकुलपती कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको विश्विद्यालयले आन्दोलनरत विद्यार्थी संघले जनाएको छ ।

विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाइ ताला खोल्न आदेश अन्तिरिम आदेश जारी गरेको थियो ।


त्यस्तै अनेरास्वयुले विश्विद्यालयको शिक्षा आयोगको शाखा लगाएको ताला पनि मंगलवार खोलिएको छ । त्यसअघि नेविसंले शिक्षा आयोगमा ताला लगाएको थियो ।

ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका राजिष्ट्रार माधव अधिकारीले बताए ।

आन्दोलनतर नेविसंघले १४ बुदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बाल सुधार गृहमा अभिमुखीकरण

२५ श्रावण २०७९, बुधबार १५:१४
नेपालगञ्ज : बाँकेको जयइन्दु बाल सुधार गृहमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । जग्गादाता जयकेश सिंह र जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहमा रहेका करिब ५० जना बालकलाई सकारात्मक सोंच, औपचारिक शिक्षा तथा लोकसेवा, शिक्षक सेवा, सुरक्षा सेवाको पठन तथा लेखन कलाका बारेमा अभिमुखीकरण गरेका हुन् । हुलाकका […]