सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरा गाउपालिका–२ सीगाउ नजिक किरणनाला पुल नजिकैको तलाउमा पुरुषको शव भेटिएको छ । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो तलाउमा डुवेर मृत अवस्थामा शव भेटिएको सो वडा कार्यालयका वडा सचिव तारा प्रसाद अधिकारीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार अन्दाजी २५–२६ वर्षको कालो बर्णको जस्तो देखिने मृतकको सनाखत हुन सकेको छैन । घटनाको जानकारी पाउने वित्तिकै प्रहरीलाई खबर गरिएको उनले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले घटनाको जानकारी आउने वित्तिकै ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरिक्षकको कमाण्डमा टोलि परिचालित भएको बताए ।
