कर्णालीमा स्काभेटर खस्दा चालक घाइते

१७ बैशाख २०७६, मंगलवार १७:१५
 

सदरलाइनडटकम,
हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकामा पर्ने खार्पुनाथ सडकखण्डको घुम्ने ठाउँमा माथिबाट पहिरो जाँदा स्काभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक बिष्णु बुढा घाइते भएका छन् ।
घाइते बुढालाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा पुर्याएको खार्पुनाथ गाउँपालिका प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए । उनको टाउकोमा र पेटमा गहिरो चोट लागेको हुनसक्ने शाहीले बताए । घाइते चालकलाई खार्पुनाथ स्वास्थ्य चौकीले जिल्ला अस्पतालमा रिफर गरेको छ । मंगलवार विहान ११ बजे खार्पुनाथ गाउँपालिका ५ स्थिति घुम्ने ठाउँमा खार्पुनाथ सडक खण्डमा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोले ३० मिटर तल नम्बर प्लेटविहीन स्काभेटर कर्णाली नदीमा खसेको छ ।
स्काभेटर कर्णाली नदीकै बीचमा छ भने पानीको बहावले उद्धार गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगरले बताए । त्यस्तै स्काभेटरका सहचालक विष्णुप्रसाद श्रेष्ठ समान्य घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

Next Post

कक्षा १२ को परीक्षामा अर्मयादित भयो : उप–महानगर

१७ बैशाख २०७६, मंगलवार १७:१५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिले नगरका विभिन्न परीक्षा केन्द्रमा सञ्चालनमा रहेको कक्षा १२ को परिक्षामा अमर्यादित भएको दाबी गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा मंगलबार गरिएको परिक्षा केन्द्रको अनुगमनका क्रममा विभिन्न परीक्षा केन्द्रमा नक्कल गर्ने उद्देश्यले लगिएका बस्तुहरु फेला परेपछि सो दाबी गरिएको हो । नगर प्रमुख डा धवल शम्शेर राणा […]

सम्बन्धित