महिला स्वास्थ्य स्वयम्सेविकालाई पाँच हजार प्रोत्साहन भत्ता

१ चैत्र २०७४, बिहीबार १७:५६
 

सदरलाइनडटकम
१ चैत, खजुरा (बाँके) : स्वास्थ्यको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भुमिका निभाउने महिला स्वास्थ्य स्वयमसेविकालाई विभिन्न स्थानीय तहले प्रोत्साहन भत्ता वितरण गर्न थालेका छन् ।
यसक्रममा बाँकेको खजुरा गाउँपालिका वडानम्वर २ ले वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षेनी पुरस्कार स्वरुप प्रोत्साहन भत्ता प्रदान गर्ने गाउँपालिकाको कार्यक्रम अन्तर्गत् स्वास्थ्य स्वयंसेविकालाई जनही ५–५ हजार रुपैंया प्रदान गरिएको हो ।
वडानम्बर २ को कार्यालयमा विहिबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष देविलाल शर्मा, वडा सदस्य गौमाया सुनार, झुमा गिरी, नन्दलाल गुप्तालगायतले वडाका १४ जना स्वयंसेविकाहरुलाई रकम प्रदान गरेका हुन ।
प्रोत्साहन रकम प्रदान कार्यक्रममा बोल्दै स्वयंसेविकाहरुले आफुहरुको कामको मुल्याङ्कन गरेर यसरी वडा तहमा नै प्रोत्साहन भत्ता प्रदान गरिनु अत्यन्तै राम्रो प्रयास भएपनि समयानुसार रकम बढाउनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष शर्माले स्वयंसेविकाको योगदान अतुलनिय रहेको भन्दै आगामि दिनमा उनीहरुलाई थप हौसला प्रदान गर्न प्रोत्साहन कार्यक्रममा बजेट थप गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । 

Next Post

बाँकेको डुडुवा गाउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्दै

१ चैत्र २०७४, बिहीबार १७:५६
सदरलाइनडटकम १ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु गरेको जनाएको छ । प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव मुलक कार्यक्रम सुरु गरेका थिए । डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका […]