बर्दियामा दोहोरो नागरिकता लिएका माथि कारबाही

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १५:०७
 

बर्दिया : बर्दियामा दोहोरो नेपाली नागरिकता लिएका ६ जनामाथि कारबाही गरी नागरिकता खारेज गरिएको छ ।

एक वर्षयता दोहोरो नागरिकता लिएका उनीहरूको नागरिकता खारेज गर्नुका साथै १ देखि ५ हजार रुपैयाँ जरिवाना लिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । गत आर्थिक वर्षमा परेका १२ वटा उजुरीमध्ये ६ वटाको फस्यौंट भएको हो ।


कञ्चनपुर जिल्लाको दोधारा चाँदनीकी रूपा तिरुवा, गेरुवा गाउँपालिकाका पंकजसिंह राठौर, बढैयाताल–६ का लल्लुराम थारुको नागरिकता खारेज भएको छ । उहाँहरुबाट जरिवाना समेत असुल भएको जिल्ला प्रशासन कार्यालय बर्दियाको मुद्दा फाँटका प्रमुख विनय केसीले बताए ।

यस्तै मधुवन–५ का कृष्ण गुरुङ र राजापुर–३ का कृष्ण थारुको पनि दोहोरो नागरिकता खारेज गर्दै १ हजार रुपैयाँ जरिवाना गरिएको छ । गुलरिया–६ का इमरान राइनको दोहोरो नागरिकता खारेज गर्दै ५ हजार रुपैयाँ जरिवाना गरेको मुद्दा फाँट प्रमुख केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको मदरसाका बालबालिका र निलसागरमा केएफसीको सहयोग

५ श्रावण २०७९, बिहीबार १५:०७
नेपालगञ्ज :  केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ । केएफसि नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा नेपालगञ्ज पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुलउलुम बरकातिया, माविमा अध्ययन गर्ने ३ सय १६ जना विद्यार्थीलाई […]