नेपालगञ्जको मदरसाका बालबालिका र निलसागरमा केएफसीको सहयोग

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १५:११
 

नेपालगञ्ज :  केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।

केएफसि नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा नेपालगञ्ज पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुलउलुम बरकातिया, माविमा अध्ययन गर्ने ३ सय १६ जना विद्यार्थीलाई स्कुल व्याग, कापी र निलसागरमा आश्रीत ३६ जना बालबालिकालाई स्कुल व्याग कापी हस्तान्त्रण गर्नुको साथै निलसागरमा आश्रीत १ सय ५५ जनालाई एक समयको खाना खुवाएको केएफसिका लेखाप्रमुख शाहले जानकारी दिए ।

उनले केएफसी अन्तरष्ट्रिय चिकेन रेस्टुरेन्ट भएको र यसको विश्वका १ सय ३१ राष्ट्रमा सञ्जाल रहेको जानकारी दिदै देशभरी १३ वटा शाखामार्फत कारोबार गर्दै आएको बताए । नेपालगञ्जमा गतवर्षदेखि भाटभटेनी सुपर मार्केटमा केएफसी सञ्चालनमा रहेको र यसको मुख्यालय दरबारमार्ग काठमाण्डौमा रहेको उनले जानकारी दिए ।


उनले केएफसी मार्फत आर्जन गरेको कमाईको केही प्रतिशत आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगञ्जको मदरसा दारुलउलुम बरकातिया र निलसागर जेष्ठ तथा असाहे नागरिक संरक्षण केन्द्रलाई रोजेर सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

नेपालगञ्जको दारुलउलुम बरकातिया माविमा एक कार्यक्रमको आयोजना गरी त्यहाँका विद्यार्थीलाई स्कुल व्याग र कापि बितरण गरिएको थियो । सो अवसरमा मदरसाका संस्थापक मौलाना अब्दुल जब्बार मञ्जरी, प्रधानाध्यापक जियाउल मुस्तफा नूरानी, नगर शिक्षा शाखाका शाखा अधिकृत लोकेन्द्र शाही, व्यवसायी जाकिर हल्वाई, फारुक, वडा अध्यक्ष तथा केएफसीका विजय शर्मा, दिपेश दाहाल, अरिन्दम घटक, हमिदुर सिद्दिकीलगायतको टिमले मदरसाका बालबालिकालाई स्कुल ब्याग र कापी वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई क्विन्टल प्रतिबन्धित माछा जफत गरी नष्ट

५ श्रावण २०७९, बिहीबार १५:११
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको दुई क्विन्टल मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मंगलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट […]