प्रदेश सभा सार्न लागेको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति

सदरलाइन संवाददाता ६ भाद्र २०७९, सोमबार १३:२०
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध शुरु भएको छ ।

मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार–हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् ।


अहिले प्रदेश सभा भवनको बाहिरी काम सकिए पनि फिनिसिङ, एसी जडान, कुर्सी व्यवस्थापन, साउण्ड सिस्टम जडान, फर्निचरको कामहरु पूरा भएको छैन । प्रदेश सभाको संरचना पूरा नहुँदै चोरी डकैतीको शैलीमा सामान लैजान थालिएको आरोप लगाउँदै सत्तारुढ दलकै सांसदहरुले समेत आपत्ति जनाएका छन् ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचनाहरु तयार गरेर मात्र बुटवलबाट प्रदेश सभा र मन्त्रालयहरु स्थायी राजधानीमा लैजाने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्पको जोखिम : नेपालगञ्जमा बस्ती तथा भूबनोटको सर्वेक्षण शुरु

६ भाद्र २०७९, सोमबार १३:२०
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा सम्भावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण शुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर […]