होलिया दिसामुक्त र पूर्ण खोपयुक्त वडा घोषणा

१६ जेष्ठ २०७४, मंगलवार २०:४५
 

सदरलाइनडटकम  
१६ जेठ, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिका–१ साविकको होलिया गाविसलाई मंगलवार खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएको छ । यो संगै खुला दिसामुक्त हुने साविकको गाविसमा ३३ औ हो भने नेपालगन्ज नगरपालिकामा गाभिएको ईन्द्रपुर गाविस हालको जानकी गाउपालिका मात्र खुलादिसा मुक्त हुन बाँकी रहेको छ ।
डुडुवा गाँउपालिका –१ होलिया र स्वस्थ्य चौकी होलियोको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले सो वडा पूर्ण खोपयुक्त र खुलादिशामुक्त रहेको घोषणा गरेका थिए ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेले होलिया खुला दिसामुक्त भएको अवसरमा जिल्ला खानेपानी तथा सरसफाई समितिले १ लाखको चेक हस्तान्त्रण गरेका थिए । सो अवसरमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले पनि ७५ हजारको चेक हस्तान्त्रण गरेको थियो ।
वडा सचिब देबीलाल चौलागाईको अध्यक्षतामा भएको घोषणासभामा कार्यकारी अधिकृत दिपक पौडेल, खानेपानी तथा सरसफाई कार्यालयका डिभिजिनल इंजीनियर राजकुमार चौधरी, थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खान, जनस्वस्थ्यका सरोज शाह, होलिया स्वस्थ्य चौकीका प्रेम सोमाई, बेतहानी वडाका सचिव मानबहादुर बोगटी लगायत विभिन्न निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
खुल्ला दिसामुक्त क्षेत्र र पूर्णखोप युक्त क्षेत्र घोषणा गर्न महात्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभन्न दुई सय जना समाजसेवीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संञ्चालन ओबीराज आर्चायले गरेका थिए ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम जयबागेश्वरी माविमा सम्पन्न

१६ जेष्ठ २०७४, मंगलवार २०:४५
सदरलाइनडटकम   १७ जेठ, नेपालगन्ज : विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा पहिचानको लागि आयोजना गरिएको कार्यक्रम नेपालगन्जको जयबागेश्वरी माविमा सम्पन्न भएको छ । साहित्य, गणित, विज्ञान, संगीत र विविध प्रतिभा गरी पाँच विधामा मध्यपश्चिम क्षेत्रका विभिन्न १० जिल्लाका कक्षा ६ देखि १९ सम्म अध्ययन गर्ने ३० विद्यार्थीहरुबीच प्रतिष्पर्दा गराईएको […]