कोरानाबाट बाँकेमा थप दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २२ मंसिर २०७७, सोमबार ०९:०५
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बर्दियाका ७२ वर्षीय पुरुष र कञ्चनपुरका ७३ वर्षीय पुरुषको आइतवार राती उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार राती १ बजेर ११ मिनटमा मृत्यु भएको जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीले बताए । पिसिआर परीक्षणका क्रममा उनलाई मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कञ्चुरको शुक्लाफाँटा ४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार राती पौने २ बजे मृत्यु भएको छ ।


सेती अस्पतालमा स्वाब परीक्षणका क्रममा उनलाई मंसिर १३ गते संक्रमण पुष्टि भएको बताइएको छ । उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर १५ गते कोहलपुरमा भर्ना गरिएको थियो ।

योसँगै बाहिर जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ६४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Next Post

बाँकेमा सोमवार ४९ जना डिस्चार्ज

२२ मंसिर २०७७, सोमबार ०९:०५
नेपालगञ्ज : बाँकेमा सोमवार ४९ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका २९ पुरुष र २० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ४६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म बाँकेमा […]