पुस २२ र २३ गते घोराहीमा माघ महोत्सव हुने

सदरलाइन संवाददाता १७ पुष २०७९, आईतवार १४:२८
 

दाङ : यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा दाङको आयोजनामा माघ महोत्सव हुन लागेको हो । अहिले माघ महोत्सवको तयारीलाई तीव्र बनाइएको थारु कल्याणकारीसभा दाङका सभापति भुवन चौधरीले जानकारी दिए ।

‘आर्थिक जागरण व, सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितको समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजनामा हुन गइरहेको महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाको भेलाले थारु कल्याणकारिणीसभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा एक सय २१ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको चौधरीले जानकारी दिए ।


यसैगरी ११ स्वयंसेवक परिचालन उपसमिति र महोत्सव प्रचारप्रसार समिति गठन गरिएको छ । अन्य महोत्सवभन्दा पृथक र नयाँपन दिनुपर्ने भएकाले यो फरक भएको अध्यक्ष चौधरीले बताए । उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति रहने बताए । महोत्सवस्थल जिल्ला समन्वय समितिको प्राङ्गण सरसफाइ गरेर कक्ष राख्नका लागि तयारी गरिएको छ ।

दुई दिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौँ थारु भाषाका पुस्तक प्रदर्शनीका लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गँगटालगायत परिकारसमेत बिक्री वितरणका लागि राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु समुदायमा माघीको चहलपहल शुरु

१७ पुष २०७९, आईतवार १४:२८
नेपालगञ्ज : माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा […]