२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँके जिल्ला खेलकुद विकास समितिमा शाह



नेपालगञ्ज : नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति संदीपजंग शाह बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि समितिको अध्यक्षमा मोहित शाह थिए । यस्तै उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा विरेन्द्र शाही नियुक्त भएका छन् ।

सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दीपक ओली, मोहम्मद जावेद हलवाई, रन्जितसिंह सिजापति र चन्द्र रानालाई नियुक्त गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम (१)मा भएको व्यवस्था बमोजिम शाहलाई असार १९ गतेको प्रदेश खेलकुद परिषद्, लुम्बिनीको निर्णयानुसार नियमावलीको नियम १०(३) बमोजिम अध्यक्षमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतबार
ताजा समाचार