विपद व्यवस्थापनका लागि बाँके र बर्दियाका तीन पालिकालाई उद्दार सामाग्री हस्तान्तरण

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १८:२७
 

नेपालगञ्ज : प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्दार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ती पालिकाहरुलाई पाँच–पाँच लाख बराबरको उद्दार सामाग्री हस्तान्तरण गरेको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख कार्यकारी अधिकृत बमबहादुर केसी, बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी, उपमयेर रत्न कुमारी पाण्डे र प्रमुख कार्यकारी अधिकृत महेन्द्रजंग शाही र राजापुर नगरपालिकाका मेयर दिपेश थारु र प्रमुख कार्यकारी अधिकृत अर्जुन सुवेदीलाई पालिकामै पुगेर सामाग्री हस्तान्तरण गरिएको हो ।

सो सामाग्री हस्तान्तरण प्लान नेपालका सन्तोष पुलामी र गोमा ओली चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि तुलाधर र कार्यक्रम संयोजक महेश नेपाली लगायतले गरेका थिए ।


सामाग्री बुझ्दै राजापुर नगरपालिकाका मेयर दिपेश थारुले बाढीको उच्च जोखिममा रहेको यो नगरपालिकाका लागि अतिनै आवश्यक पर्ने सामाग्री मनसुन शुरु भएकै बेला प्रदान गरिएको आभार व्यक्त गरे ।

बारबर्दियाका मेयर छविलाल चौधरी र खजुराका अध्यक्ष डम्बर विक तुफानले पनि विपद आउनै लागेको बेला प्राप्त भएको यो सहयोगले धेरैको ज्यान जोगाउन मद्दत गर्ने बताएका थिए ।

बाढी र डुबानको उच्च जोखिममा रहेका पालिकाहरुमा प्रदान गरिएको सो सहयोगले उद्दार तथा राहात कार्यमा ठुलो सहयोग पुग्ने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सुचना अधिकृत रुपन ज्ञवालीले बताए ।

कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत खजुरा गाउँपालिकामा ५ विद्यालयहरुमा इन्सिनेटर निर्माण सहयोग, वडा नम्बर ३,४,५ र ६ वडा मा १६० मिटर र ३ मिटर चौडाइ बाटो मर्मत तथा ग्राभेल, खजुरा र बारबर्दियाका विद्यालयमा डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर प्रदान, रिमिडियल कक्षा सञ्चालन र ईसिडी सामाग्री सहयोग गरिएको छ ।

सो अवसरमा बाँके युनेस्को क्लबका सह निर्देशक साजिद अलि सिद्दिकी, कर्मचारीहरु ईश्वर विक जनक थारु, ऋतिक शाही, उर्मिला थारु, अनिता थारु, राजापुरका वडा अध्यक्ष रमेश चौधरी, विपद फोकल पर्सन खुशिराम चौधरी, बारबर्दियाका फोकल पर्सन पुष्कल विश्वकर्मा र संयोजक कृष्ण गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जंगली च्याउ खाँदा एकै गाउँका १९ जना विरामी

१५ असार २०७९, बुधबार १८:२७
नेपालगञ्ज : बुटवलमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् । बिरामी हुनेहरु सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार, नयाँ गाउँकी २८ वर्षीया […]