वार्ता र संवादमार्फत समाधान खोजिने नगरप्रमुख उपप्रमुखको प्रतिवद्धता

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १३:४८
 


नेपालगञ्ज :  नेपालगञ्जको धम्बोझीचोकमा पूर्वराजा वीरेन्द्रको शालिक राख्ने र न्युरोडको शहिद सेतुबिकको शालिक तोडफोडको घटनामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले आफुहरुको गम्भीर रुपमा ध्यानाकर्षण भएको बताएका छन् ।

नगरप्रमुख प्रशान्त विष्टले दरबार हत्याकाण्डको दिन पारेर नेपालगञ्जमा धम्बोझीचोक र सेतुविक चोकमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै नगरका सम्पतिको रुपमा रहेका कुनै पनि सार्वजनिक धरोहर माथि तोडफोड गरिनु निन्दनिय भएको बताए ।

उनले बार्ता र संवादको माध्यामबाट समाधान खोज्न सकिने प्रशस्त बाटोहरु हुँदा हुँदै बल मिच्याई गर्दै तोडफोडमा उत्रनु खेद जनक भएको उल्लेख गरे ।

उपप्रमुख कमरुद्दिन राईले कुनैपनि बाहानामा कुनैपनि समूहले मनोमानी रुपले शान्त रहेको नेपालगञ्जको सामाजिक सद्भावमा खलल पुराउने कार्य कुनै कसैले पनि गर्न नहुने बताए । उनले सहमति र सबैको सहभागितामा मात्र हुनसक्ने कुरा एकल रुपले जबरजस्ती गर्न खोज्नु राम्रो संकेत नभएको जिकीर गरे ।


नगर प्रमुख विष्ट र उपप्रमुख राईले घटना लगत्तै धम्बोझी चोक र शहिद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिएका छन् । उनीहरुसंगै घटनास्थल पुगेका थिए ।

उनीहरुले शहिद सेतु विकको शालिकमा तोडफोड गर्ने कार्यको निन्दा गर्दै वीरेन्द्र चोकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्वद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने सकिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

साथै उनीहरुले स्व. राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको झडपमा परी घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीकोे शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो

१९ जेष्ठ २०७९, बिहीबार १३:४८
नेपालगञ्ज : एक हप्तायता बाँकेसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण हिंजोआज अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन शुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा […]

ताजा अपडेट