नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १३:०४
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।

अध्यक्ष शाहको छातीमा एक्कासि समस्या देखिएपछि उहाँलाई भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका प्रेस संयोजक आलम खानले अध्यक्ष शाहको स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल लखनऊ लगिएको बताए । अस्पतालमा भर्ना गरिएपछि शाहको स्वास्थ्यमा केही सुधार आएको र अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिने उनले बताए ।


५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएको प्रेस संयोजक खानले बताए ।

गत वर्ष पनि अध्यक्ष शाहलाई निमोनिया र इन्फ्लुइन्जाको सङ्क्रमण भएपछि लामो समय भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुगेको बेला एक्कासी छातीमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पमा घाइते भएका नगर प्रहरी विष्टको मृत्यु

२४ कार्तिक २०८०, शुक्रबार १३:०४
नेपालगञ्ज : जाजरकोटमा गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१, घारीगाउँका निरोज विष्टको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो ।