‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ स्थापनाको लागि तदर्थ समिति

२३ कार्तिक २०७६, शनिबार १९:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कला, संस्कृतीलाई संरक्षण गर्ने उद्ेश्यले नेपालगञ्जमा ‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ नामक संस्थाको स्थापना गरिने भएको छ । सो संस्था निर्माणको लागि शनिबार भएको एक भेलाले बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी संरक्षक र सागर सिंह ठकुरी अध्यक्ष रहने गरी तदर्थ समिति निर्माण गरिएको छ ।
‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ को तदर्थ समितिमा शिशिर सापकोटा प्रथम उपाध्यक्ष, ईश्वरी लामिछाने द्वितिय उपाध्यक्ष, सन्तोष राढ सचिव, शेर मल्ल सह–सचिव, शिवचरण गुप्ता कोषाध्यक्ष, सदस्यहरुमा गौरी रिजाल, सिवानी सिंह, विमला खत्री, शिवम श्रीवास्तव र नुतन पौडेल रहेका छन् ।
सो समितिले बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले बनाएका हस्तकला, चित्रकला, बास्तुकला, मूर्तीकला, पेन्टिङ्ग लगायतको संरक्षणको लागि संग्राहलय स्थापना गरी व्यवस्थित गर्ने, लोपहुन लागेका कला संस्कृतिको जगेर्ना गर्ने तथा नया पुस्तालाई त्यसको ज्ञान र सीप दिने प्रमुख उदेश्य रहेको ‘श्यामानन्द आर्ट एण्ड कल्चर फाउण्डेशन नेपाल’ का तदर्थ समितिका अध्यक्ष सागर सिंहले जानकारी दिए ।
नेपालगञ्ज–९ बाँकेगाउमा बरिष्ठ कलाकार श्यामानन्दसिंहले आफुले सिर्जना गरेको कला हाल आफ्नै घरमा संग्राहलयको रुपमा राखेको भएपनि पछि फाउण्डेशनले यसलाई व्यवस्थित गर्ने योजना रहेको छ । उनले फाउण्डेश्नलाई सरकारका विभिन्न निकायमा दर्ता गराउनको लागि पहल भएको र दर्ता भएपछि आधिकारिक रुपमा यसको लक्ष र उद्देश्य पूर्तीका लागि सक्रिय हुने जानकारी दिए ।

Next Post

जमुनहा नाका खुकुलो पारियो, पैदल जान छुट

२३ कार्तिक २०७६, शनिबार १९:०८
सदरलाइनडटकम, नेपालगञ्ज : अयोध्यास्थित विवादित रामजन्म भूमिबारे भारतीय सुप्रिम कोर्टले दिएको फैसलालाई दृष्टिगत गर्दै ‘सील’ गरिएको नेपालगञ्ज–रुपईडिहास्थित जमुनहा नाका खुकुलो पारिएको छ । पैदल ओहोरदोहोर गर्न दिइएपनि खुल्ला भने गरिएको छैन । भारतीय सुरक्षाकर्मीले अत्यावश्यकीय कामका लागि जान थालेका व्यक्तिलाई भारततर्फ जान दिएका छन् । एम्बुलेन्सलाई जान छुट दिइरहेको भारतीय […]

सम्बन्धित

ताजा अपडेट