भारतीय सेनामा भर्ती भएका नेपाली युवाको विदाई

१० फाल्गुन २०७४, बिहीबार १५:५२
 

सदरलाइन / सपना विष्ट
१० फागुन, नेपालगन्ज : यसवर्ष मध्य तथा सुदूरपश्चिमबाट भारतीय सेनामा छनौट भएका नेपाली युवाहरुलाई कार्यक्षेत्रमा जानको लागि एक समारोहका बिच बिदाई गरिएको छ ।
नेपाल भुतपूर्व सैनिक विकास समिति कोहलपुरले एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई बिदाई गरिएको हो । यसवर्ष करिव २५ हजार युवा भारतीय सैन्य सेवामा प्रवेश हुनको लागि भर्ना छनौटमा सहभागि भएका थिए ।
भारतीय सैनिकमा भर्ना हुनका लागि मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट सहभागी भएका हजारौं युवाहरु मध्ये १ सय ३९ जना छनोट भएका थिए ।



समितिका अध्यक्ष भिम रानाका अनुसार छनौट भएका युवाहरु थप तालिमका लागि यहि फगुन २४ गते भारतको गोरखपुर स्थित कुनाघाट शैन्य क्याम्पमा जाने कार्यक्रम तय भएको छ ।
भुतपुर्ब सैनिक बिकास समितिको सभाहलमा आयोजित बिदाई तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष रानाले गोर्खालीको नामबाट ख्याती कमाएका नेपालीहरुको कद अझैं उचो बनाउने गरी कर्तब्य पालना गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।
उनले पछिल्लो समयमा भारतीय सेनामा भर्ति गराईदिने बहानामा बिचौलीया तथा दलालहरुले रकम अशुली गर्दै आएकाले यदि कसैले त्यसो गरिदिन्छु भनेर प्रलोभनमा पार्नखोजे समयमै त्यस्ता संग सचेत हुनलाई सबैलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा भुतपुर्ब सैनिक बिकास समितिका उपाध्यक्ष नयनबहादुर खत्री, सचिव तिलबहादुर थापा, कोषाध्यक्ष गगन सिह थापा र डिएसपी सेक्रेटरी बसन्त कुमार श्रेष्ठको उपस्थिती रहेको थियो । फोटो : रविन्द्रसिंह ठकुरी 

Next Post

केन्द्रीय सरकारको मन्त्रीका लागि बाँकेका ‘अथक’ दौडधुपमा

१० फाल्गुन २०७४, बिहीबार १५:५२
सदरलाइनडटकम  १० फागुन,  नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित महेश्वर गहतराज अथक केपी ओली नेतृत्वको मन्त्रीमण्डलमा सहभागि हुने संभावना बढेर आएको छ । प्रदेसदेखि केन्द्रमा सरकार गठनसंगै मन्त्री बन्नको लागि व्यापक दौडधुप चले कै बेलामा बाँकेको कर्णाली भनेर पहिचान बनाएको बघौडा क्षेत्रबाट निर्वाचन जितेर […]