गविस सचिव र विद्यालयका प्रधानाध्यापक भन्छन : ‘उमेर बढाएर सिफारिस माग्न आउनेले हैरान पारे’

१९ असार २०७३, आईतवार ०३:१९
 

is
रुद्र सुवेदी/सदरलाइनडटकम
१९ असार, नेपालगन्ज :  उमेर नै नपुगेका आफ्ना सन्ततिको उमेर बढाएरै भए पनि नागरिकता र राहदानी बनाउने उद्देश्यले सिफारिस लिन विद्यालयका प्रधानाध्यापक तथा गाविस सचिवलाई अभिभावकले दै दवाव दिने गरेको पाईएको छ ।
मानव दलालको विगविगिको कारण अभिभावकहरु आफ्ना उमेर नै नपुगेका बालबालिकाको उमेर बढाएर नागरिकता बनाउदै राहदानी लिने र सुरक्षित वा असुरक्षित कुनै कुराका हेक्का नराखि बैदेशिक रोजगारमा पठाउने कार्यले जोखिमता निम्त्याएको छ ।
‘उमेर नै नपुगेका आफ्ना सन्ततिहरुको उमेर बढाएर नागरिकता बनाउनको लागि सिफारिस माग्न आउने अभिभावकले हैरान पारे’–बाँके उढरापुर गाविसका सचिव कृष्णबहादुर रोकायले एकैशासमा भने–‘हेर्दै १२–१३ वर्षको जस्तो देखिने बालबालिकाको उमेर २१–२२ वर्षको हो भनेर सिफारिस माग्न आउछन, कसरी दिऊ ।’
उनले नागरिकता बनाउनको लागि सिफारिस लिन आउदा उमेरको पत्तो लगाउन विद्यालयको सर्टिफिकेट लिएर आउन भनेर पठाएपछि अभिभावक आफ्नो सन्ततिको उमेर खुल्ने प्रमाण लिन विद्यालयमा स्थानीय राजनीतिक दलका नेता बोकेर दवाव दिन आउने गरेको गुनासो गर्दै भने–‘उमेर खुल्ने जन्मदर्ता र विद्यालयको सर्टिफिकेट लिएर आउ भन्दा जन्मदर्ता गरेकैै छैन, विद्यालयमा पढेको छैन भन्दै स्थानीय राजनीतिक दलका नेता बोकेर आउछन् ।’
उनले नागरिकताको सिफारिस लिन आउनेको उमेरमा शंका लाग्यो र उनीहरुको उमेर खुल्ने आधार केही नभएमा सोही टोल र वडामा बसोबास गर्ने पाँचजनाको नागरिकताको फोटोकपी राखेर गाउ सर्जिमिन गरेपछि मात्र सिफारिस गर्ने गरेको बताए । यसरी उमेर बढाउदै नागरिकता बनाउनुको मुख्य उद्देश्य भनेको राहदानी बनाई बैदेशिक रोजगारमा जानको लागि नै भएको उनले ठोकुवा गरे ।
उनकै नजिकमा रहेका स्थानीय भानु माध्यामिक विद्यालय उढरापुर बाँकेका प्रधानाध्यापक ईरफान खानले विद्यालयलमा पढ्दै गरेका आफ्ना विद्यार्थीहरु वा विद्यालय छाडेकाहरुले ‘विदेश’ जाने भन्दै नागरिकता बनाउनको लागि उमेर बढाएर सर्टिफिकेट बनाई दिन आग्रह गर्दै आउने गरेको बताए । उनी भन्छन–‘उमेर बढाएर तपाईले सर्टिफिकेट बनाई दिदा तपाईको के न जान्छ र मेरो छोरा÷छोरी विदेस गएर कमायो भने मेरो परिवारको अवस्था सुध्रिन्छ नि भन्दै दवाव दिन आउने गरेका छन् ।’
उनले त्यसरी आउने अभिभावकलाई कम उमेरका बालबालिकालाई बैदेशिक रोजगारमा पठाउन नहुने कुरा पहिला राम्रोसंग सम्झाउने गरेको तर, नमाने विद्यालयको अभिलेखमा भएको भन्दा अरु केही आफुले गर्न सक्दिन भनेर पठाई दिए पनि स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट ‘गरिदेन यसको भविश्य बन्छ’ भन्दै फकाउने तथा धम्काउने पनि पछि नपर्ने दुखेसो पोखे ।
उनले अभिभाबकलाई सम्झाउने बुझाउने गर्दा पनि नमान्ने एकोहोरो रुपमा उमेर बढाउनको लागि दवाव दिनको लागि अनेकन उपाए खोजेर आउने गरेको बताए ।
बाँके टिटिहिरिया गाविसका सचिव पुष्पराज आचार्यले महिनामा ३÷४ जना उमेर बढाएर सफिारिस गर्नको लागि भन्दै आउने गरेको बताए । उनले भने–‘महिनामा ३÷४ जना सरदर आउने गरेका छन् । उमेर खुल्ने गरी विद्यालयको सर्टिफिकेट तथा जन्मदर्ताको कागज ल्याएर आउ भन्ने हो भने पढेकै छैन र जन्मदर्ता गरेकै छैन भनेर अड्डी कस्छन । यस्तालाई दिदा पनि समस्या नदिदा पनि तनाव ।’
अभिभावकलाई अलिक बढेको आफ्नो सन्ततीले रोजगारी पाउने आफ्नो पनि आयस्तरमा सुधार आउने भएकोले उमेरै नपुगी नागरिकता बनाउदै राहदानी लिएर बैदेशिक रोजगारमा पठाई दिने प्रलोभनमा पार्दै विभिन्न व्यक्तिले उक्साएको कारण पनि यसरी आएको हुनसक्ने उनको ठम्याई छ ।
उमेर नै नपुगी बैदेशिक रोजगारमा जान नहुने कुरा अभिभावक तथा स्वयम बालबालिकालाई पनि जनाकारी नभएको कारण अलिक बढेको र हट्टाकट्टा देखिनेलाई राहदानी बनाई बिदेश पठाउने र विदेशमा जोखिममा पर्ने, रोजगारदाता कम्पनीले काममा नलगाई फर्कादिने, विदेशमै मुद्दा चलाउने जस्ता सम्स्याहरु आउने भएकोले कम उमेरका बालबालिकालाई कुनै पनि अवस्थामा बैदेशिक रोजगारमा पठाउन नहुँने बैदेशिक रोजगार पीडितको लागि निशुल्क कानूनी सेवा दिदै आएको पिपुल्स फोरम नेपाल बाँकेकी अधिवक्ता सुनिता शर्माले जानकारी दिईन ।
उनले उमेर ढाँटेर नागरिकता तथा राहदानी लिने तथा लिन लगाउने अभिभावकलाई यसले पार्ने असर तथा परिस्थितिको बारेमा सचेतना फैलाउन सके जोखिम नहुँने तथा समस्या पनि नआउने दावी गर्दै भने–‘सचेतनाको लागि विद्यालयदेखि घरघरमा पु¥याउन आवश्यक रहेको छ । उमेर नै नपुगी नागरिकता र राहदानी लिदा पछि उमेरको कारण पाउने सुविधा पनि गुम्न सक्ने भएकोले सचेत पर्नतिर नै लाग्दै सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ ।’
उनले अभिभावक तथा बालबालिकाले मानव दललाले जे सिकायो त्यो नै भन्ने र त्यो कार्य गर्नको लागि ढिपि लिने गरेको पाईएको उल्लेख गर्दै भनिन–‘ हामीले सुरक्षित बैदेशिक रोजगारमा जानको लागि सबैलाई सल्लाह दिने मात्र नभई रोजगारको सिलसिलामा पीडित भएमा न्याय दिलाउने पाटोमा कानूनी सहयोग गर्दै आएका छौ । रोजगारमा जाँदा वा पठाउदा आवश्यक पर्ने कुनै पनि कागज नराखि खोजी र उद्दारको लागि आउदा कसरी संभव हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगर र चरेशसहित छ जना प्रहरी नियन्त्रणमा

१९ असार २०७३, आईतवार ०३:१९
सदरलाइनडटकम १९ असार, नेपालगन्ज : बाँके प्रहरीले अवैध लागु औषधको कारोबारमा संलग्न भएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अबैध ब्राउन सुगरसहित जमुनाहबाट दुईजनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । प्रहरीले उनीहरुको साथबाट ८ ग्राम ब्राउन सुगर बरामद […]