ट्राफिक प्रहरी बाँकेद्वारा सवारी जाँचमा तीब्रता

सदरलाइन संवाददाता ५ आश्विन २०७९, बुधबार १५:४९
 

नेपालगञ्ज : नजिकिँदै गरेको दशैं–तिहार लगायतका चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी बाँकेले दैनिक जाँचलाई तीव्र पारेको छ । जिल्लामा दुर्घटना हुन नदिन बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता जाँच लगायतमा ध्यान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताए ।

दुर्घटना सँगसँगै चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न बाँकेका विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु गरिएको उनले जानकारी दिए । सो क्रममा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारी साधनमाथि विशेष चेकजाँच बढाइएको उनको भनाइ छ ।

बाँके पूर्वमा कुसुम, पश्चिममा मानखोला, उत्तरमा चिसापानी, दक्षिणमा नेपालगञ्ज, राँझा चोक र कोहलपुरको चपरगौडी लगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष चेकजाँचको व्यवस्था गरिएको उनले बताए ।


ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा जिल्लाका धेरैजसो स्थानमा नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने काम भएको शाहले जानकारी दिए ।

बाँके ट्राफिकले लामो दूरीका सवारीसाधनलाई मात्रै नभई छोटो दूरीका सवारीसाधनलाई समेत जाँच गर्न थालेको छ । दुर्घटना न्यूनीकरण गर्न दैनिक रूपमा मापसे जाँचलगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा चार पक्राउ

५ आश्विन २०७९, बुधबार १५:४९
नेपालगञ्ज : कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ […]

सम्बन्धित