बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १६:३०
 

नेपालगञ्ज : एक हप्तायता बाँकेसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण हिंजोआज अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन शुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।


गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण बालबालिकालाई बढी समस्या परेको छ । विद्यालयमा गएका बालबालिकालाई बढी मारमा पर्ने गरेका छन् ।

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको संक्रमण हुनसक्ने चिकित्सक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ७ वर्षीया बालिका बलात्कृत

१९ जेष्ठ २०७९, बिहीबार १६:३०
बर्दिया : बर्दियामा ७ वर्षीया बालिका भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामी पक्राउ परेका छन् । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई […]