कोहलपुरमा ट्रकले अटोलाई ठक्कर दिदाँ अटो चालकको मृत्यु

सदरलाइन संवाददाता ११ जेष्ठ २०७९, बुधबार १५:०६
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर–१३ का अटो चालक २९ वर्षिय रामसेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

११ जेष्ठ २०७९, बुधबार १५:०६
नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३४ वर्षीय सियाराम कुर्मी पक्राउ परेका हुन् । जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएकोमा हालसम्म फरार रहँदै आएका कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । कुर्मीलाई बुधबार जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]