खजुरा गाँउपालिकाको प्रमुख प्रशाशकिय अधिकृतको विदाई र स्वागत

२२ भाद्र २०७५, शुक्रबार १८:३७
 

सदरलाइनडटकम
खजुरा (बाँके)  : बाँकेको खजुरा गाउँपालिकाले प्रमुख प्रशाशकिय अधिकृतको विदाई र स्वागत एकैसाथ गरिएको छ । खजुराबाट पाल्पा बगनासकाली गाउँपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठलाई शुक्रवार भव्य समारोहका वीच विदाई गरिएको छ ।
यसैगरी गाउँपालिकामा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरुवा भई आएका बमबहादुर केसीलाई एकैसाथ स्वागत गरिएको छ ।
विदाई र स्वागत एउटै कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, वडा अध्यक्षहरु, कर्मचारीहरुले दुबै प्रमुख प्रशासकीय अधिकृतलाई हार्दिकताका साथ विदाई र स्वागत गरेका थिए ।
सो अवसरमा अध्यक्ष कक्षपतिले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र विकास र समृद्धि सम्भव भएको बताए । प्रमुख कक्षपतिले आर्थिक पारदर्शिता आफ्नो गाउँपालिकाको सबैभन्दा ठूलो कसी भएको भन्दै आर्थिक पादर्शिताले नै सफलताका चरण पार गर्न सकिने बताए ।
उनले जनतासंग जनप्रतिनिधिले गरेका वाचा पूरा गर्न प्रमुख प्रकासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । विदाई हुने क्रममा समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले १० महिना ११ दिनको खजुरा बसाइमा निकै हार्दिकता रहेको बताउँदै खजुराको उन्नति र प्रगतिको कामना गरे ।
उनले छोटो अवधिको बसाई अतितका पाना बनेर मानसपटलमा आउने भन्दै खजुरा नमूना र सम्भावनायुक्त ठाउँ हुने विश्वास व्यक्त गरे ।
खजुरा गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत केसीले आफ्नो अनुभव र जिम्मेवारीलाई व्यवहारमा उतार्दै चेतना र विकासका लागि नयाँ ढंगले अगाडि बढ्ने बताए । जनताका जीवनस्तर माथि उठाउने खालका योजना ल्याउने र पहिले आएका योजना लागू गर्ने अठोटसमेत उनले गरे ।

Next Post

झारफुकको नाममा नेपालगन्जमा किशोरी बलात्कृत

२२ भाद्र २०७५, शुक्रबार १८:३७
सदरलाइनडटकम, नेपालगन्ज : देशमा जताततै बलात्कारका घटना सार्वजनिक भईरहँदा बाँकेमा फेरी एक बालिका बलात्कृत भएको खुलासा भएको छ । कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ बर्षीया एक किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुकका नाममा गणेशपुर बस्ने ४७ बर्षीय साईबाबा भनिने ब्यक्तिले १६ वर्षीया बालिकासँग […]