प्युठानमा तीर्थयात्रु बोकेको जीप दुर्घटना, एकको मृत्यु

सदरलाइन संवाददाता १ असार २०७९, बुधबार १४:५३
 

नेपालगञ्ज : प्युठानमा तीर्थयात्रु बाकेको जीप दुर्घटनामा परेको छ । भारतबाट स्वर्गद्वारी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले बताए ।

उनका अनुसार जीप दुर्घटनामा एकको मृत्यु भएको छ । तर मृतकको परिचय खुलेको छैन भने कति जना घाइते भए भन्ने पनि खुलेको छैन । जीप स्वर्गद्वारी नगरपालिका ४ मा दुर्घटनामा परेको जनाइएको छ ।


अहिले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता विकसहितको टोली घटना स्थलमा पुगेको छ । घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालन

१ असार २०७९, बुधबार १४:५३
नेपालगञ्ज : बिरयानीका पारखीहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकामा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्थानीय सुर्खेतरोडस्थित एसबिआई बैकको सामुन्ने नेपालगञ्ज–२ मा अवस्थित उक्त रेष्टुरेन्टको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले रिवन काटेर उदघाटन गरे । लम्कीचुहा नगरपालिका वडा नम्बर १० कैलाली निवासी भुवन जोशी ‘खतिवडा’ ले आफ्नो एकल लगानीमा उक्त रेष्टुरेन्ट […]