नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३४ वर्षीय सियाराम कुर्मी पक्राउ परेका हुन् ।
जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएकोमा हालसम्म फरार रहँदै आएका कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । कुर्मीलाई बुधबार जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।