हमालको पक्षमा लहर बढ्दै

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १२:४३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का मतदाताले प्रदेश सभा २ (ख) सदस्य पदका उम्मेदवार सुरेन्द्र हमालले नै जनताको समस्या बुझ्ने भएकाले जिताउने प्रतिवद्धता जनाएका छन् । स्थानीयले प्रदेशदेखि केन्द्रसम्म पहुँच राख्ने सरल स्वभावका नेता भएकाले हमाललाई निर्वाचित गराउनुको विकल्प नभएको बताए ।
राजनीति बुझेको र विकास गर्न सक्ने एक मात्र उम्मेदवार हमाल भएकाले उनलाई जिताउन लागि परेको वडा नम्बर १ का मतदाताले सुनाए । ‘हमाललाई वडा नम्बर १ बाट निर्धक्क भएर भोट हाल्न आतुर छौं, हाम्रो कुरा सुन्ने समस्या बुझ्ने उम्मेदवार उहाँ नै हुनुहुन्छ, सुरेन्द्र हमाल जस्तो उम्मेदवार अरु छैनन्, हामी जसरी पनि हमाललाई जिताउँछौं,’ मतदाताले भने ।

नेपालगञ्ज वडा नम्बर १ मा बुधबार बिहान गरिएको घरदैलोका क्रमममा मतदाताले हमाललाई स्वागत गरेका थिए । ‘सुरेन्द्र हमालले अहिले सम्म नराम्रो काम गरेको रेकर्ड छैन, उहाँ विकास प्रेमी उम्मेदवार हुनुहुन्छ, उहाँ कांग्रेसमा समर्पित नेता हो,’ एक महिलाले भनिन् ‘उहाँको सबै परिवार नै पहिलेदेखि नै कांग्रेस हो, उहाँ बाँकेको नयाँ अनुहार होइन, त्यसैले हामी हमाललाई जिताउँछौं ।’


घरदैलोका क्रममा हमाललाई जितको शुभकामना दिनुका साथै अबिर र फुल दिएर स्वागत गरेका थिए । सो क्रममा उम्मेदवार हमालले वडा नम्बर १ का वडाबासीको साथ र विश्वासलाई पछिसम्म पनि कायम राख्ने बताए । निर्वाचनपछि आफुले शुरु गरेका विकासका अधुरा काम पूरा गर्ने उनले प्रतिवद्धता जनाए । घरदैलो कार्यक्रममा कांग्रेस नेता, कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धिताललाई नहटाउन सर्वोच्च अदालतको आदेश

२३ कार्तिक २०७९, बुधबार १२:४३
नेपालगञ्ज : सर्वोच्च अदालतले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धिताललाई कामबाट नहटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अल्पकालिन आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन बर्ष कार्यकाल नपुग्दै धिताललाई कामबाट हटाएपछि उनी मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए । ‘अदालतले धितालको कार्यअवधि पूरा नभएको र यसअघि […]

सम्बन्धित