माैन अबधिमा खजुराकाे गिजरा पुगेको गठबन्धनका उम्मेदवारकाे गाडी नियन्त्रणमा

सदरलाइन संवाददाता ३० बैशाख २०७९, शुक्रबार ००:४६
 

खजुरा (बाँके) : माैनअबधीमा खजुरा गाउँपालिकाको गिजरा बस्तीमा रातीको समयमा शकांष्पद गतिविधी गर्ने गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमाले निकट युवाहरुको समूहले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

मौन अवधीमा प्रचार सामग्रीसहित पैसा वितरण गर्न वस्तीमा छिरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको दाबी गरीएकाे छ । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ललाई उनी चडेर आएकाे गाडीमै नियन्त्रणमा लिइएको हो भने अध्यक्षका उम्मेदवार डम्बर विक तुफान गाडीबाट भागेको प्रत्यक्षदर्शीले बताए ।


युवाहरुको समूहले उम्मेदवार सवार गाडीको घटनास्थलमै खानतलासी गर्न माग गरेपनि प्रहरीले एक घण्टासम्म वस्तीमै रोकेर आलटाल गरेपछि माहौल तनावग्रस्त भएको थियो । एमाले कार्यकर्तामाथी प्रहरी र सत्तारुढ दलको मिलेमतोमा आक्रमण गरिएको भन्दै एमाले अध्यक्ष किस्मत कक्षपतिले यसले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनेमा आशंका उब्जाएको बताए ।  प्रहरीको मिलेमतोमा एमाले विरुद्ध षडयन्त्र गरिएको भन्दै कक्षपति प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई राती नै टेलीफोन सम्पर्क गरि गम्भिर ध्यानाकर्षण गराएका छन् ।  खजुरा २ सीतापुरमा समेत एमाले कार्यकर्तामाथी आक्रमण गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए  । एमाले कार्यकर्तामाथी आक्रमण भएपनि संयमता अपनाउन जिल्लाभर कार्यकर्तालाई निर्देशन दिइएको अध्यक्ष कक्षपतिले  आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शान्तिपूर्ण मतदान जारी फोटो कथा सहित

३० बैशाख २०७९, शुक्रबार ००:४६
नेपालगञ्ज :  बाँकेमा स्थानीय तहको निर्वाचनको मतदान दिउसोसम्म शान्तिपूर्ण तरिकाले सञ्चालन भई रहेको छ । शुक्रबार बिहान जिल्लाका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा निर्धारित समयमै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनले शुक्रबार दिउसो २ बजेसम्म हरेक मतदान स्थलमा […]

सम्बन्धित