राप्तीसोनारीमा आम्दानीको श्रोत बन्दै कागती खेती

सदरलाइन संवाददाता २१ चैत्र २०७९, मंगलवार १३:१९
 
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतिबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

११ वर्षअघि ओलीले डेढ विगाह जमिनमा कागती खेतीको कारणले गाउँ नै कागतीको बास्नाले मगमगाएको छ ।

छेउमै बाँके राष्ट्रिय निकुञ्ज भएकाले अन्य खेती गर्दा जंगली जनावरले नोक्सानी पुर्याउने हुँदा झग्गुले यो खेती रोजेको बताए । कागती खेतीले आम्दानी बढ्नुका साथै गाउँका युवालाई पनि रोजगारी दिएको ओलीले बताए ।

झग्गुले लगाएको ‘सुन कागती’ जातको माग बजारमा उच्च छ । माग धेरै भएकाले पनि उनलाई उत्पादन दिने समयमा समेत माग पूरा गर्न मुस्किल पर्ने गरेको छ । यहाँ उत्पादन भएको ‘सुन कागती’ नेपालगञ्ज, दाङ, पोखरालगायतका शहरमा जाने गरेको छ ।


उनका अनुसार कागतीमा कहिलेकाँही रोगले सताउँछ । समयमा ध्यान दिन सके कागती खेती धेरै राम्रो पेशा भएको अनुभव भएको छ । एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ ।

कागतीको एउटै बोटमा २५ किलोदेखि डेढ क्विन्टलसम्म कागती फलेको ओलीको अनुभव छ । बजारमा कागती ८० देखि १५० रुपैयाँ प्रति किलोसम्म विक्री हुने गरेको छ । एक हजार विरुवा रोपेकोमा हाल उनको बारीमा ३०० बोट छन् ।

ओलीले गरेको खेती हेरेर राप्तीसोनारी वडा नं. १ मा हाल १० जनाले कागती खेती गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खुल्ला साइक्लिङ प्रतियोगिता हुँदै

२१ चैत्र २०७९, मंगलवार १३:१९
कोहलपुर (बाँके) : बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ । ‘स्वस्थ जीवन स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नयाँ वर्षको अवसरमा कोहलपुर चौराहदेखि देउरालीसम्म करिब १ […]