जानकी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त घोषणा

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १४:३८
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् ।

बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले अब भोली मंगलवार गाउँपालिकालाई नै बालविवाहमुक्त घोषणा गर्न थालिएको बताइन् ।

उनले समाज परिवर्तनको लागि सबैको भूमिका महत्वपूण रहेकोले समाजमा रहेका कुसंस्कार परिवर्तन गर्न सजक हुनुपर्नेमा जोड दिइन् । बालविवाहमुक्त घोषणा पछि पनि यसप्रति बालबालिका बढि सचेत हुन जरुरी रहेको उनको भनाई थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बलविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने बताए ।


बाँकेमा बालविवाह विरुद्धको अभियानमा सहकार्य गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेका अध्यक्ष शिवलाल पाण्डे बाँकेका आठवटै गाउँपालिकामा तीन वर्षदेखि बालविवाहविरुद्धको अभियान सञ्चालन गरेको बताए ।

बालविवाह मुक्त वडा घोषणा पछि पनि बालविवाह विरुद्धको अभियान र गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले वाषिक सर्भे गरेर बालविवाहलाई शून्यमा झार्न जरुरी रहेको उल्लेख गरे ।

जानकी गाउँपालिका वडा नं. ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोवी, वडा नं. ६ का सदस्य रामनरेश मौर्य,संस्थागत विकास सञ्जालका रणनीतिक सल्लाहकार बालकृष्ण महर्जन , त्रिवेणी विकास समाजका अध्यक्ष द्वारीकला महरा, कार्यक्रम संयोजक मिश्रीलाल यादव, पतिराम थारु लगायतले बालविवाह मुक्त समाज निर्माण गर्न नागरिक समाजको साथ र सहयोगको खाँचो औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा चार जना पक्राउ

२८ भाद्र २०७८, सोमबार १४:३८
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नेपालगञ्जको जमुनाहबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् । रुपइडिहाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई लागुऔषध व्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा तिमशीले […]