गुरुनानक जयन्तीमा शिख समुदायले मागे राष्ट्रिय विदा

६ मंसिर २०७५, बिहीबार १६:५६
 

सदरलाइनडटकम  
नेपालगञ्ज : शिख समुदायको आस्थाका प्रतिक गुरुनानक देवको ५५० औं प्रकाश वर्ष (जन्मजयन्ती) का अवसरमा बाँकेका शिख समुदायले राष्ट्रिय विदाको माग गरेका छन् ।
अत्यन्तै अल्पसंख्यकको रुपमा रहेका सिख समुदायले शिख धर्मका प्रबर्तक गुरुनानक जयन्तीमा राज्यले विदा नदिएको भन्दै उनीहरुको गुनासो समेत गरेका छन् । शिख समुदायको बाँकेमा मात्र ३ हजार बढी जनसंख्या छ ।
गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह शिखले गुरुनानक जयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको जानकारी दिए । विहिबारदेखि नै नेपालगञ्जको गुरुद्वारामा शिख धर्मग्रन्थको अखण्ड पाठ सुरु गरी शनिबार त्यसको समापन गर्दै भण्डारा लंगर प्रसाद वितरण हुने गरी तयारी अगाडि बढाईएको बताए ।
गुरुनानक जयन्ती शुक्रबार अर्थात मंसिर ७ गते भए पनि शनिबार अखण्ड पाठ समापन संगै भजन कृतन गरी मनाईने उनले बताए । बाँकेको हिरमिनियाको सिख्खनपुरवामा सिख समुदायको सबै भन्दा पुरानो गुरुद्वारा रहेको गुरुद्वारा सञ्चालक समितिका उपाध्यक्ष हरपाल सिंह शिखले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार बाँकेमा सिख्खनपुरवा, जमुनाह, बनकटवा र नेपालगन्जमा गरी चार ठाँउमा गुरुद्वारा रहेको र जिल्लामा करिव ३ हजार सिख समुदायको जनसंख्या रहेको छ ।

Next Post

प्रविधि भित्रिएसँगै मकै खेतीतर्फ कृषक आकर्षित

६ मंसिर २०७५, बिहीबार १६:५६
सदरलाइनडटकम, डुडुवा (बाँके), यदुराज मिश्र : मेशिनबाट मकै छर्ने ‘सीड कम फर्टी ड्रिल’ मेशिनको बिहीवार बाँकेको डुडुवामा परीक्षण गरिएको छ । सिमिट इण्टरनेशन (सिसा) नेपालको प्राविधिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मकै जोनले डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा मेशिनको परीक्षण गरेको हो । मेशिनबाट बीउ छर्दा छिटो […]