डुडुवामा ३८ करोडको बजेट सार्वजनिक

१० असार २०७६, मंगलवार २०:१९
 

सदरलाइनडटकम,
डुडवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलवार बसेको ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे ।
गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ । उक्त योजनामा गाउँपालिकाले रु ५ हजार र अभिभावकको रु ५ हजार गरि रु १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ ।
यसैगरि एसइई पास भएका किशोरीलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ, गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन गराइने, अपागंता भएकाहरु ग र घ श्रेणीलाई गाउँपालिकाले सेवा सुविधा उपलब्ध गराउनेछ, गाउँपालिकाले यस अघि संचालन गर्दै आएको घर घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने अध्यक्ष चौधरीले निति तथा कार्यक्रम उल्लेख गरे ।
यस्तै गाउँपालिकामा रहेका सरकारी तथा ऐलानी, प्रति तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, अतिक्रमित जग्गालाई नियन्त्रणमा लिने, सरकारी ऐलानी जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार गरि घरदैलो अभियानमार्फत पञ्जीकरण सेवा सञ्चालन गरिने, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यन्वयन गरिने, सूचना सञ्चार प्रविधीको विकास गरि अनलाईन प्रणालीमार्फत सेवा प्रवाह गरि प्रभावकारी बनाइने, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, विपत प्रकोपको व्यवस्थापन तथा जोखिम न्युनीकरण, वन बाताबारणको विकास, महिला, बालबालिका, जेष्ठ नागरिकको उत्थान, लगायत विकास निमार्णका योजनालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
सभामा दुई वटा विधियेक समेत पास गरिएको छ । विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नुभएको गाउँपालिकाको विनियोजन ऐन २०७६ र आर्थिक विधेयक २०७६ सर्वसम्मत रुपमा पास भएको छ । सभामा अध्यक्ष चौधरीले संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक स्रोत गरि कुल ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरे । प्रस्तुत निति तथा कार्यक्रमलाई सर्बसम्मत रुपमा पास गर्दै बजेटमाथि छलफल शुरु भएको छ ।
मंगलवारदेखि शुरु भएको बैठकमा अब बजेटमाथिको छलफल पछि बस्ने बैठकले पास गर्ने प्रमुख प्रशासकिय अधिकृत धितालले बताए । सभामा सभासद मोहनराम मिश्र, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, गजेन्द्र कैराँती, पटेश्वरी कुर्मी, रिता परियार, आमोद तिवारी लगायतले निति तथा कार्यक्रमप्रति आफ्नो विचार राख्दै कार्यन्वयनतर्फ जोड दिएका थिए ।

Next Post

दुबै देशका सुरक्षाकर्मीद्वारा दशगजामा सरसफाई

१० असार २०७६, मंगलवार २०:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमा बाँकेको नेपालगञ्ज १५ जमुनहामा मंगलवार दुबै देशका सुरक्षाकर्मीले संयुक्तरुपमा सरसफाई गरेका छन् । सम्बृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जिवन भन्ने मुल नाराका साथ सरसफाई कार्यक्रम गरिएको । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण […]