बाँकेमा शान्तिपूर्ण मतदान जारी फोटो कथा सहित

रुद्र सुवेदी ३० बैशाख २०७९, शुक्रबार १५:०२
 

नेपालगञ्ज :  बाँकेमा स्थानीय तहको निर्वाचनको मतदान दिउसोसम्म शान्तिपूर्ण तरिकाले सञ्चालन भई रहेको छ । शुक्रबार बिहान जिल्लाका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा निर्धारित समयमै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

उनले शुक्रबार दिउसो २ बजेसम्म हरेक मतदान स्थलमा ४ सय भन्दा बढी मतदान भएको आफुले अनुगमनको क्रममा पाएको जानकारी दिए । उनले बाँकेका आठवटै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले मतदान सुचारु रहेको र मतदाता मतदान गर्नको लागि मतदान स्थलसम्म आउने क्रम जारी रहेको बताए ।

विहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म सुरक्षा घेराभित्र पसेकाले मतदान गरेसंगै सम्पन्न हुने छ । बाँकेका ८ वटै पालिकाको केन्द्रमा मतपेटिका आजै पुग्ने र सर्वदलिय सहमतिको आधारमा आजैबाट मतगणना कार्य सुरु गरिने गरी तयारी अघि बढाईएको मुख्य निर्वाचन अधिकृत तिवारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सर्वदलीय निर्णय अनुसार मतगणनाकाे तयारी

३० बैशाख २०७९, शुक्रबार १५:०२
नेपालगञ्ज  : बाँकेमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन सम्पन्न भएको पालिकामा मतपेटिका संकलन भइसकेको र केही पालिकामा मतपेटिका संकलन हुने क्रममा छन् । सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर भएको सहमति अनुसार मत गणना […]