घाइते खडकालाई कठामाण्डौ लगियो, कोपाईलटको अवस्था गम्भीर

१६ जेष्ठ २०७४, मंगलवार १९:५९
 

सदरलाइनडटकम       
१६ जेठ नेपालगन्ज : बाजुराको कोल्टी विमानस्थलमा मंगलबार दिउसो नेपाली सेनाको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएकी विमानकी सहचालिका अनिता आलेमगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसियुमा उपचार भई रहेको छ ।
सो घटनामा एक जनाको मृत्यु हुनुको साथै दुई जना गम्भीर घाइते भएको घटनामा साविक भोजपुर छिनाम घरभइ हाल शान्तिनगर काठमाण्डौ बस्दै आएका क्याप्टेन कैलाश गुरुङ्गको घटनास्थल मै मृत्यु भएको थियो को–पाईलट अनिता र प्राविधिक सुवेदार पूर्ण बहादुर खड्का गम्भीर घाइते भएका थिए ।
घटना स्थलबाटै स्वस्थ्य उपचार र उद्दारमा खटिएका जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले पाईलट क्याप्टेन गुरुङ्गको घटनास्थल मै मृत्यु भएको र को–पाईलट आले मगरको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको आफुले पाएको बताए ।
उनले भने–‘को–पाईलट आलेमगर बेहोस अवस्थामा हुनुहुन्थ्यो अनुहार शरिर भरी चामलै चामलले भरिएको अवस्था थियो ।’
उनले घटनास्थल मै आलेमगरलाई आर्टिफिसियल रेस्पिटरी दिनुको साथै उनको पल्सलाई नर्मल अवस्थामा राख्नको लागि आवश्यक औषधि दिएको जानकारी दिए । डा. बिश्वकर्मासंगै बाजुराबाट स्वास्थ्यकर्मी प्रकाश विक्रम शाहीसमेत टोलीमै कोहलपुर आइपुगेका छन् ।
यसैबीच मंगलबार दिउसो नै घाइते प्राविधिक सुवेदार खड्का र मृतक क्याप्टेन गुरुङ्गको शवलाई नेपाली सेनाको हेलिकप्टर काठमाण्डौ पठाईको छ । को–पाईलट आलेमगरको अवस्था जटिल भएकोले उनको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसियुमा राखेर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए ।
मंगलबार बिहान आर्मी ४८ कलसाइन भएको सो जाहाज सुर्खेतबाट खाद्यान्न लिएर हुम्ला जान उडेको नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको हो । जहाज बिहान करिब ११ बजेर ४८ मिनेटमा अवतरणका क्रममा धावनमार्गमा पल्टिएको थियो । जहाज सुर्खेतबाट सेनाको खाद्यन्न सामाग्री लिएर हुम्ला जान लागेको हो तर मौसम खराबी कारण कोल्टीमै अवतरण गर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होलिया दिसामुक्त र पूर्ण खोपयुक्त वडा घोषणा

१६ जेष्ठ २०७४, मंगलवार १९:५९
सदरलाइनडटकम   १६ जेठ, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिका–१ साविकको होलिया गाविसलाई मंगलवार खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएको छ । यो संगै खुला दिसामुक्त हुने साविकको गाविसमा ३३ औ हो भने नेपालगन्ज नगरपालिकामा गाभिएको ईन्द्रपुर गाविस हालको जानकी गाउपालिका मात्र खुलादिसा मुक्त हुन बाँकी रहेको छ । डुडुवा […]