इयु वर्किङ्ग ग्रुप र अधिकारकर्मीबीच नेपालगञ्जमा छलफल

सदरलाइन संवाददाता ३० चैत्र २०७८, बुधबार १९:३६
 

नेपालगञ्ज :  इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले बुधबार मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा नेपालगञ्जमा छलफल गरेको छ ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रदेशको मानव अधिकार रक्षकहरूको चुनौतीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिंदै प्रदेश तथा जिल्ला तहमा मानव अधिकार रक्षकहरूको भोगाई र अनुभव आदान प्रदान गरिएको बताए ।

सो टोलीले यस अघि सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक गौतमले जानकारी दिए ।


इयु डेलिगेशन मिशनका डेपुटी हेड स्टेफेन माइकोनले मानव अधिकार रक्षकहरूको अधिकारको संरक्षणको क्षेत्रमा के कस्ता कार्यक्रम भएका छन्, मानव अधिकार रक्षकहरूको काम गर्दाको चुनौतीका बारेमा जानकारी लिने उद्देश्यले मानव अधिकार रक्षक, पत्रकार, सरकारी निकायका प्रमुख प्रतिनिधिहरूसँग छलफल गरिदै आएको बताए ।

स्टेफेनले मानव अधिकार रक्षकहरूले भोग्दै आएका चुनौतीका विषयमा विभिन्न निकायमा छलफल गरी अगाडि बढ्न सुझाव दिए ।

सो कार्यक्रममा जर्मन एम्बेसीका लाउरा लुक्बाआरा, इयु डेलिगेशनकी राजनीतिक अधिकृत लिसा साफ्रिक, शिव भण्डारी, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटका बारेमा छलफल

३० चैत्र २०७८, बुधबार १९:३६
काठमाडौं  : आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो […]