नेपालगञ्जमा चाडपर्व लक्षित बजार अनुगमन

सदरलाइन संवाददाता १४ आश्विन २०७९, शुक्रबार १४:१४
 

नेपालगञ्ज : नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन शुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए ।

उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ ।

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ । उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।


चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्यभन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

१४ आश्विन २०७९, शुक्रबार १४:१४
बर्दिया : दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सोही […]

सम्बन्धित