एक्लै हिड्न मजा आउँछ उद्देश्य अनुसारका मार्ग खुल्छन
अप्ठ्यारा मार्ग होउन् पहाड ठडिउन् लक्ष्यमा हिड्दा अवश्य पुग्छन् !
तेर्सो समथल मार्ग हुँदैन यात्रा ठाडो उकालो मार्गमा सामना गर्नुपर्नेछ !
सहज सरल सहयात्री मात्र हुँदैनन् यहाँ करनि र कथनिसंग सामना गर्नुपर्नेछ !
शिखर सुख्खा मरुभूमि गाउँ शहर जुनसुकै पथ होस् भेडो नबनी गर्नुछ यात्रा !
नदि जलाशय दह समुन्द्रमा जसरी नि तैरिनु पौडिनु छ जाल भित्रको माछा नबनी गर्नुछ यात्रा !


काँडाले चिथोरे पनि थचारिए पनि ढुङ्गामा लक्ष्य शिरोधार्य गर्दै गर्नुछ यात्रा !
टन्टलापुर गर्मी मुटु कपाउँने जाडो झरी बादल अनि भोक तिर्खा जसरी नि गर्नुछ यात्रा !
लक्ष्य एक छ प्रकृतिसंग जिस्किदै मुस्कुराउँदै निश्पत्त अँध्यारोमा गर्नुछ यात्रा !
कलियुगमा एक्लै जुध्नु हिँड्नुको बेग्लै आनन्द हुन्छ ,लक्ष्य शब्दमा सिमित नराखी गर्नुछ यात्रा !
यात्रीले यात्रा गरि रहँदा प्रदर्शित हुन्छ दुरी शुन्यदेखि असंख्यसम्म अशान्त शान्त भोग्दै लक्ष्यमा पुग्नुछ !
सुर्य चन्द्र पृथ्वी वायु अग्नि अनि जल निरन्तर एकात्मक गतिमा युगौं स्वतन्त्र निष्पक्ष द्वन्द रहित यात्रा लक्ष्यमा पुग्नुछ !