स्वास्थ्य जाँच, नागरिकता, मतदाता परिचयपत्र लगायतका सेवा एउटै स्थानबाट

१० मंसिर २०७५, सोमबार १९:१२
 

सदरलाइनडटकम, 
नरैनापुर (बाँके) : जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिकाको आयोजना एवम् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार एकिकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपुर्वामा आयोजना गरिएको सो शिविरमा नागरिकता वितरण, स्वास्थ्य परिक्षण, आँखा जाँचसँगै फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
शिविरको सोही क्षेत्रबाट निर्वाचित सांसद महेश्वरजंग गहतराज अथकले स्थानीय ५९ बर्षिय उम्मर मोहम्मदलाई नागरिकता दिएर उद्घाटन गर्दै उनले विकटका स्थानीयबासको घरदैलो मै सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविर फलदायी हुने विश्वास व्यक्त गरे ।
नरैनापुर बाँकेको सबैभन्दा विकट गाउँपालिका भएकाले यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युतको समस्या हल गर्ने गरी आफूहरु निरन्तर लागि परेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले राप्तीपारीलाई राज्यले समेत बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिन उनी आफ्नो निर्वाचन क्षेत्र समेत भएको सो गाउपालिकालाई राज्यसंग जोड्नको लागि बाटो विजुली, स्वास्थ्य र सञ्चार पुराउन दिन रात नभनि लागेको स्पष्ट पारिन ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकालाई सम्बृद्ध बनाउनतर्फ आफूहरु ठोस योजनाका साथ अघि सरेको बताए ।
सरकारी सेवा घरदैलोमा पु¥याउने उद्देश्यले एक दिनका लागि शिविर आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । शिविरमा नेपालगञ्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र नेपाली सेनाको ४ नम्बर बाहिनी अड्डा अन्तर्गत् सैनिक अस्पताल राँझाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
त्यसक्रममा २ सय ६० जनाले फिजिसियन सेवा, ८० जनाको कान जाँच र आँखाका २ सय ६० जनाले सेवा लिएका प्रमुख सेनानी सूर्य बहादुर थापाले जानकारी दिए । त्यस्तै गरी सोही सिविरबाट ६१ जनाले नागरिकता लिएका छन् । नागरिकता वितरण भने यही १५ गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
घुम्ती शिविरमा आज ४५ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी लोक बहादुर रानाले जानकारी दिए । फोटोसहितको मतदाता नामावली संकलनको काम यही १४ गतेसम्म गरिने रानाले जानकारी दिए ।
यसैबीच नरैनापुरमै बाँकेका सबै कार्यालय प्रमुखहरुको बैठक बसेको छ । उनीहरुले नेपाल भारत सीमामा पुगेर सीमा स्तम्भको समेत अवलोकन गरेका थिए ।


 

Next Post

सामाजिक सुरक्षा कार्यक्रम मंगलवारदेखि शुरु

१० मंसिर २०७५, सोमबार १९:१२
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वर्षअघि तत्कालीन एमाले सरकारले लिएको परोपकारी नीतिलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको दाबी गरेका छन् । पहिलो सामाजिक सुरक्षा दिवसको उद्घाटनका अवसरमा उनले २५ वर्षअघि तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सहायता दिने काम गरेको र अहिलेको सरकारले सामाजिक सुरक्षाका योजना ल्याएको […]