बाँकेबाट ३४ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता १४ आश्विन २०७७, बुधबार ०९:४६
 

नेपालगञ्ज : बाँकेबाट ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बुधवार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ ३१ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ ।


विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ९ सहित ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ८७ रहेको छ भने १५ जनाको मृत्यु भईसकेको छ ।

Next Post

नरैनापुर गाउपालिका र एनटिभि कोहलपुरबीच सम्झौता

१४ आश्विन २०७७, बुधबार ०९:४६
नरैनापुर (बाँके)  :  एनटिभी कोहलपुर र बाँकेको  नरैनापुर  गाउपालिकाबीच  टेलिभिजन  कार्यक्रम  निर्माण  तथा  प्रसारण  सम्बन्धी  सम्झौता भएको छ । गाउपालिकाकोे कार्यालय परिसरमा एनटिभि कोहलपुरका प्रमुख निराजन खनाल र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहको रोहवरमा सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो […]