जुवातास, मदिरा, लागूऔषध, घरेलुहिंसा जस्ता गतिविधि रोक्नको लागि वडास्तरीय सचेतना र्याली

१२ जेष्ठ २०७५, शनिबार १३:५५
 

सदरलाइनडटकम
१२ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर वडां नं. १२ लाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउनको लागि तयारी तीब्र रुपले अगाडि बढाईएको छ । सो तायारीको लागि शनिबार बिहान ‘बालमैत्री स्थानीय शासन बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ वडामा बृहत र्याली निकालिएको हो ।
वडाका नागरिक अगुवा, बालबालिका, शिक्षक, कर्मचारी, प्रहरीलगायतले लागुऔषध, जुवातास, घरेलु मदिरा, घरेलु हिंसा, बाल विवाह र बाल श्रमविरुद्ध जनचेतना मुलक प्लेकार्ड सहित बृहत र्यालीको निकालेका हुन ।
नेपालगन्जको सुर्खेतरोडबाट वडा न १२ का सबै टोल बस्तीहरुमा र्यालीले सचेतना फैलाउदै वडा १२ को कोरियनपुरमा पुगेर कोणसभामा परिणत भई कार्यक्रम समापन भएको थियो ।
कोणसभामा बोल्दै वडा न १२ का वडा अध्यक्ष तथा बालमैत्री शासन युक्त वडा घोषणा अभियानका संयोजक बुद्धिसागर सुवेदीले वडामा शुसान र सम्बृद्ध वडा बनाउनको लागि सबैले आ–आफ्नो तवरबाट पहल गर्दै शान्त वातावरणलाई विभिन्न खालका असामाजिक कार्यहरु गरेर खलल नपुर्याउन आग्रह गरे ।
अध्यक्ष सुवेदीले भने–‘यो सवै वडाको विकासको लागि गरिएका कार्यक्रम हुन, वडामा जुवातास, मदिरा, लागु औषधको प्रयोग अत्याधिक हुदाँ यसले बालबालिकाको भविष्यमा समेत असर पर्ने गरेको छ । यो कुरालाई नियन्त्रण गर्न वडाबासी सबैको साथ र सहयोगको अवस्यकता रहेको छ ।’
सो कोणसभामा वडा सदस्य तथा बालमैत्री अभियानका सहसंयोजक दिनेश राज पन्त, सेभद चिल्ड्रनका कार्यक्रम अधिकृत विरेन्द्र थापा, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक अशिष वर्मा, सुरक्षा निकायको तर्फबाट प्रहरी निरीक्षक वसन्त गौतम, वडा स्तरिया बाल संजलका अध्यक्ष विजेता पौडेल लगाएतले बोलेकोको कार्यक्रमको संञ्चालन वडा सदस्य तरुण वर्जाचार्यले गरेका थिए ।सो र्यालीमा वडा न १२ मा गठित वडा स्तरीय तथा विद्यालय स्तरीय वाल क्लवका अध्यक्ष तथा पदाधिकारी ,स्थानीय जनप्रतिनिधिहरु, पत्रकार तथा अन्य गरी २ सयवढिको सहभागिता रहेको थियो ।
बालमैत्री स्थानीय शासन वडा समिति नेपालगन्ज उप–महानगरपालिका–१२ को आयोजनामा आयोजित बृहत र्यालीमा नेपालगन्ज उप–महानगरपालिका वडा न १२ को सहयोग तथा बाँके युनेस्को क्लव, वडा वाल संरक्षण समिति, वडा स्तरीय वालक्लव सञ्ंजालको समन्वय रहेको थियो ।

Next Post

किन यसो गर्छन,सेलिब्रिटी ?

१२ जेष्ठ २०७५, शनिबार १३:५५
सदरलाइनडटकम १२ जेठ, नेपालगन्ज :  खासगरी मनोरञ्जन उद्योगमा सेलिब्रिटी युवती र मोडेलहरूको ‘क्लिभेज सोअप’ फेसनजस्तो बनेको छ । यसले तस्बिर, भिडियो र समारोहमा पनि युवतीहरूतिर धेरैको ध्यान मात्र खिच्ने गरेको छैन, चर्चा पनि चलाउने गरेको छ । संवेदनशिल अंग (वक्ष)सँग अर्थपूर्ण क्लिभेज तथ्य के हो ? क्याम्ब्रिज शव्दकोषले क्लिभेजलाई ‘महिलाको […]