पत्रकार हत्याको बिरोधमा देशभरका पत्रकार अन्दोलनमा

सदरलाइन संवाददाता १५ चैत्र २०८१, शनिबार १९:४७
 

नेपालगञ्ज : शुक्रबार काठमाण्डौमा राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुव्र्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगा मुढाविरुद्ध बाँकेमा श्रद्धाञ्जली सभासंगै बिरोध सभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा नेपालगञ्जको वीपि चोकमा सो कार्यक्रम आयोजना गरिएको हो । काठमाडौंमा भएको घटनापछि पत्रकार महासंघले शनिबार (आज) मनाउने भनिएको ७० औं स्थापना दिवसका औपचारिक अनौपचारिक कार्यक्रम समेत स्थगित गरिएको थियो ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अगुवाईमा शनिबार साँझ ५ः४५ बजे स्थानीय विपी चोकमा श्रद्धाञ्जली सभा तथा बिरोध सभा आयोजना गरिएको थियो ।


पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि शनिबार बिहान काठमाडौंमा श्रद्धाञ्जली सभा तथा बिरोध सभा गरेको थियो ।

पत्रकार महासंघ केन्द्रीय समितिले शनिबार काठमाडौंमा श्रद्धाञ्जली सभा तथा बिरोध सभा आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी २३ जेठमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा हुने

१५ चैत्र २०८१, शनिबार १९:४७
नेपालगञ्ज : आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउदो जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको […]

ताजा अपडेट