‘शिक्षाको गुणस्तर उकास्न मन्त्रालय–शिक्षकबीच सहकार्य आवश्यक’

सदरलाइन संवाददाता १५ चैत्र २०८१, शनिबार १५:३७
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले प्रदेशमा शिक्षाको गुणस्तर उकास्नको लागि मन्त्रालयले शिक्षकबिच सहकार्य गरेर मात्र संभव हुने कुरामा जोड दिएका छन् ।

शनिबार नेपालगञ्जमा नेपाल शिक्षक संघ बाँकेको २६ औं प्रतिनिधि सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री तिमिल्सेनाले सो कुरामा जोड दिएका हुन ।

उनले भने–‘प्रदेशको शैक्षिक गुणस्तर सुधारको लागि जसरी मन्त्रालयले अघि सारेको योजनामा शिक्षकहरुले दत्तचित्त भएर काम गर्नु भएको छ, त्यसरी नै प्रदेश सरकार पनि शिक्षकको पेशागत हित र सुरक्षाको लागि शिक्षा ऐन परिमार्जन गर्ने कुरामा आफ्नो मन्त्रालयको तर्फबाट पहल गरिने छ ।’

उनले कार्यक्रममा बोल्ने अधिकांश शिक्षक नेताहरुले दिएकोे अभिव्यक्तिले पनि शिक्षा ऐन समयानुकुल नभएको आफुलाई लागेको र आफ्नो तवरबाट यसको परिमार्जनका लागि सकारात्मक पहल हुने प्रतिबद्धता जनाए ।


नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा बोल्ने अधिकांश शिक्षक नेताहरुले नयाँ शिक्षा ऐनको माग गर्दै संघिय राजधानी केन्द्रित आन्दोलनमा सहभागि हुनको लागि आव्हान गरेका थिए ।

२०२८ सालको शिक्षा ऐनका कारण आफुहरुको बृत्ति विकास तथा पेशागत सुरक्षामा समेत असहजता महशुस भएको कुरामा सबैको एकमत थियो । सो कार्यक्रममा शिक्षक नेताहरु बिरेन्द्र कुमार यादव, तोजेन्द्र विश्वकर्मा, द्रोर्णबहादुर ओली नेपाली काँग्रेस नेतृ उमा थापामगरलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिंसात्मक कार्य गर्ने र उक्साउने दुवैलाई कारबाही हुनुपर्छ : एमाले महासचिव पोखरेल

१५ चैत्र २०८१, शनिबार १५:३७
काठमाडौं  :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनले राजावादीहरूको असलियत छर्लङ्ग भएको बताउदै हिंसात्मक कार्य गर्ने र उक्साउने दुवैलाई कारबाही हुनुपर्ने कुरामा जोड दिएका छन् । हिजो तीनकुने क्षेत्रमा सुरक्षा निकायको संयमताले राजावादीहरूको असलियत उदाङ्गिएको महासचिव पोखरेलको धारणा छ । आन्दोलनको नाममा नियोजित रूपमा भएको हिंसात्मक […]

ताजा अपडेट